सल्यानको दार्मामा मतगणना रोकियो, कांग्रेसको नाराबाजी
नेपाली कांग्रेसले विरोध गरेपछि सल्यानको दार्मा गाउँपालिकामा मतगणना रोकिएको छ।
दार्मा गाउँपालिका वडा नं. १ र २ को मत गन्दा गडबड गरेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। त्यही विषयलाई लिएर विवाद बढ्दै जाँदा मतगणना रोकिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।
डीएसपी खड्काले भने, “मतगणना स्थगित भनेर सूचना निकालेको त होइन, मतगणनामा गडबड भयो भनेर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेपछि रोकिएको हो।”
अहिले कांग्रेस कार्यकर्ताले मतगणना स्थल बाहिर नाराबाजी गरिरहेका छन्। उनीहरूले वडा नं. १ र २ को पुनः मतगणना गर्न माग गरेका छन्।
विवाद मिलाउन सर्वदलीय बैठक बसिरहेको डीएसपी खड्काले बताए।