भरतपुरमा रेणु र विजयको तीव्र प्रतिस्पर्धा
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
शनिबार साँझ ६ बजेसम्मको मतगणना अनुसार, माओवादी उम्मेदवार रेणु दाहालले २३ मतको अग्रता कायम गरेकी छन्। उनले दुई हजार २१२ मत पाएकी छन्।
त्यस्तै, उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले दुई हजार १८९ मत पाएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७१८ मत पाएका छन्।