भरतपुरमा रेणु दाहालको दुई हजार मत
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।
आइतबार अपराह्न ४ः४५ बजेसम्म पाँच हजार ६७७ मतगणना भएको छ। जसमा दाहालले दुई हजार ६ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले एक हजार ९५४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बढाउँदै लगेका छन्। उनले दुई हजार २०१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले एक हजार ५७१ मत पाएकी छन्।
अहिले भरतपुर वडा नं. २ को मतगणना भइरहेको छ। जसमा वडाध्यक्षका उम्मेदवार कांग्रेसका मनोज रानाभाटले ९८३ र एमालेका कृष्ण केसीले ९६४ मत पाएका छन्।