तस्वीरमा काठमाडौं महानगरको मतगणना
राष्ट्रिय सभागृहमा दुई दिनदेखि काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ।
काठमाडौंका सबै वडाको मतगणना राष्ट्रिय सभागृहमै गरिनेछ। अहिले वडा नं. १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।
मतगणना ढिलो भएको गुनासो आउन थालेको छ। दुई दिनसम्म करीब १० हजार मत मात्रै गणना भएको छ। काठमाडौंमा एक लाख ९१ हजार मत खसेको निर्वाचन आयोगको जनाएको छ।