दाङको शान्तिनगर-२ मा स्वतन्त्र उम्मेदवार विजयी
दाङको शान्तिनगर गाउँपालिका-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनील वली निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार हुन्।
धारा चुनाव चिह्न लिएर चुनाव लडेका वलीले ६२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गरेका छन्।
वलीलाई बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसले कारबाही गरेको छ। वली कांग्रेस दाङका सभापति शंकर डाँगीका वडाबासी हुन्।