तिलोत्तमा नगरपालिकामा गृह मन्त्रीका भाइ १७ मतले पछाडि
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार मोहन चापागाईंले अग्रता लिएका छन्।
आइतबार मध्याह्न १ बजेसम्म तीन हजार ६२६ मतगणना हुँदा एमालेका चापागाईंले एक हजार ३२० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामकृष्ण खाँणले एक हजार ३०३ मत पाएका छन्। उनी गृह मन्त्री बालकृष्ण खाँणका भाइ हुन्।
त्यस्तै, उपमेयरमा पनि एमाले उम्मेदवारले नै अग्रता लिएका छन्। एमालेकी जनेश्वरीदेवी चौधरीले एक हजार २०९ र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले ५९७ मत पाएका छन्।