बाग्लुङको ताराखोलाको अध्यक्षमा माओवादीका विक विजयी
बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का धनबहादुर विक विजयी भएका छन्।
उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेकी छन्।
गाउँपालिकाका पाँच वटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा यमबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जितबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भएका छन्। गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन्। -रासस