तिलोत्तमाको मेयरमा गठबन्धन‚ उपमेयरमा एमालेका उम्मेदवारको अग्रता
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई हजार ३७३ मत गणना हुँदा मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन्।
गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले एक हजार ३१ मत प्राप्त गर्दै अग्रस्थान ओगटिरहेका छन्। यस्तै‚ नेकपा (एमाले) का मोहन चापागाईंले ९९३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।
उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरीले अग्रता लिएकी छन्। उनले ९३० मत प्राप्त गरेकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले ५१६ मत प्राप्त गरेका छन्।