ललितपुर महानगरमा कांग्रेसको अग्रता
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यले अग्रता कायम राखेका छन्।
एक हजार ४०० मत गणना हुँदा महर्जनले ७०६ र एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ३३६ मत प्राप्त गरेका छन्।
महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) को अग्रता कायम छ। मेयरमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकी विना सुवेदी केसीले ४२२ मत र कांग्रेसबाट लक्ष्मी महर्जनले ३३८ मत पाएका छन्। -रासस