हेटौंडा उपमहानगरमा एमालेको अग्रता
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा नेकपा (एमाले) का मेयरका उम्मेदवार अनन्त पौडेलले अग्रता लिएका छन्।
आइतबार बिहानको नतीजा अनुसार‚ कुल ५००२ मतगणना गर्दा एमालेका पौडेलले एक हजार ५१५ मत सहित १४ मतले अग्रता लिएका हुन्। गठबन्धनबाट मेयरको उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की मीना लामा दोस्रो स्थानमा छिन्। उनले एक हजार ५०१ मत प्राप्त गरेकी छन्। राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एक हजार ३८४ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने गठबन्धनको उम्मेदवारको अग्रता कायमै छ। गठबन्धनबाट उम्मेदवार राजेश बानियाँले दुई हजार २२७ मत पाउँदा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले एक हजार ८०६ मत पाएकी छन्। राप्रपाकी इन्दिरा डल्लाकोटीले ४२१ मत प्राप्त गरेकी छन्।