कावासोतीको मेयरमा कांग्रेस र उपमेयरमा एमालेलाई अग्रता
नवलपुरको कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेले प्रारम्भिक अग्रता लिएको छ।
पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका महेन्द्रप्रसाद पोखरेलले ११९८ र नेकपा (एमाले)का विष्णुप्रसाद भुसालले ११११ मत पाएका छन्।
त्यस्तै, मेयरमा राप्रपाका गुणाखर काफ्लेले ६८ र राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिबहादुर सारु मगरले १६ मत पाएका छन्। करिब २५ सय मत गणना हुँदा विवेकशील साझाले खाता खोल्न सकेको छैन्। ्
उपमेयरमा एमालेकी उम्मेदवार फुलकुमारी थनेतले ११५९ मत पाएकी छन्। गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका पतिराम थनेतले ७३० भोट पाएका छन्।
कावासोती वडा नम्बर १ बाट मतगणना गरिएको हो।