उम्मेदवारमाथि कुटपिट भएको व्यासमा ४ जेठमा पुनः मतदान
मेयरका उम्मेदवारमाथि कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान हुने भएको छ।
तनहुँका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले शनिबार सूचना प्रकाशित गरी ३० वैशाखमा रिस्ती मतदान केन्द्रमा भएको चुनाव रद्द गरिएको जनाएका छन्। रिस्ती केन्द्रमा ४ जेठमा पुनः मतदान हुने भएको छ।
मतदानका दिन स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो। मतदान केन्द्रमा पुगेका जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए। उनको टाउकोमा चोट लागेको छ।
त्यसपछि जोशी पक्षले पुनः मतदान गर्न माग गरेको थियो।