भरतपुरमा रेणु दाहाल २० मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले फेरि अग्रता लिएकी छन्।
शनिबार राति ८ः३० बजेसम्म ७०० मत गणना भएको छ। जसमा दाहालले २७८ मत पाएकी छन्।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले २५८ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता लिएका छन्। उनले ३१७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १९१ मत पाएकी छन्।
भरतपुर महानगरपाकिलामा बिहान १०ः५० बजदेखि मतगणना शुरू भएको हो।