भरतपुरमा रेणु दाहाल र विजय सुवेदीको बराबर मत
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र नेकपा (एमाले) का विजय सुवेदीले बराबर मत प्राप्त गरेका छन्।
शनिबार साँझ ८ बजेसम्म ४५० मत गणना हुँदा दाहाल र सुवेदीले समान १६७ मत प्राप्त गरेका छन्। यसअघि दाहाल र सुवेदी एक-अर्कालाई पछ्याइरहेका थिए।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले २०७ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ११७ मत प्राप्त गरेकी छन्।