महानगरमा गठबन्धन र स्वतन्त्रको अग्रता, कसको कति मत?
स्थानीय तहको निर्वाचन अन्तर्गत महानगरपालिकामा स्वतन्त्र र गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एमालेका उम्मेदवार पछ्याइरहेका छन्।
देशभरका ६ महानगरमध्ये काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र पोखरामा मतगणना भइरहेको छ। पोखरामा मतगणना शुरू भए पनि परिणाम आइसकेको छैन भने वीरगञ्ज महानगरपालिकामा मतगणना शुरू हुन सकेको छैन।
शनिबार साँझसम्म प्राप्त विवरणअनुसार एक महानगरमा स्वतन्त्र, दुई महानगरमा कांग्रेस र एक महानगरमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्। यद्यपी यो प्रारम्भिक मतपरिणाम हो।
काठमाडौं महानगरमा अहिले वडा नम्बर १, २ र ३२ मा मत गणना भइरहेको छ। जसअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन्। उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले तेस्रो नम्बरमा छिन्।
उपमेयरमा एमालेकी सुनिता डंगोल नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठ भन्दा दोब्बर मतले अगाडि छिन्।
त्यस्तै भरतपुर महानगरपालिकामा शरुआतमा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरे पनि अहिले भने माओवादीकी उम्मेदवार रेणु दाहालले उछिनेकी छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई राप्रपाकी हिमला गुरुङले पछ्याइरहेकी छिन्। भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ।
ललितपुरमा गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन्। उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकी मञ्जली शाक्यले अग्रता कायम गरेकी छन्। उनलाई माओवादीका बाबुराज बज्राचार्यले पछ्याइरहेका छन्। ललितपुरमा पाँच दलीय गठबन्धनले तालमेल गरेको हो।
यसैगरी विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम गरेका छन्। उनलाई एमालेका सागर थापाले पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता कायम गरेकी छन् भने उनलाई जसपाका अमरेन्द्र यादवले पछ्याइरहेका छन्। विराटनगरमा कांग्रेस, एकीकृत समाजवादी, माओवादी र जसपाबीच गठबन्धन छ।
शनिबार साँझसम्मको मत विवरण:
काठमाडौं महानगरपालिका
मेयर
बालेन शाह (स्वतन्त्र): ४०२
केशव स्थापित (एमाले): ३१९
सिर्जना सिंह (कांग्रेस): २०२
मदनदास श्रेष्ठ (राप्रपा): ५३
समीक्षा बास्कोटा (विवेकशील साझा): १३
उपमेयर
सुनिता डंगोल (एमाले) : ३९५
रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) : ८७
भरतपुर महानगरपालिका
मेयर
रेनु दाहाल (माओवादी) : २७८
विजय सुवेदी (एमाले) : २५८
जगन्नाथ पौडेल (स्वतन्त्र) : ९४
उपमेयर
चित्रसेन अधिकारी (कांग्रेस) : ३१७
हिमला गुरुङ (राप्रपा) : १९१
ललितपुर महानगरपालिका
मेयर
चिरिबाबु महर्जन (कांग्रेस) : ११०
हरिकृष्ण ब्यञ्जनकार (एमाले) : ४७
उपमेयर
मञ्जली शाक्य बज्राचार्य (एमाले) : ६४
बाबुराज बज्राचार्य (माओवादी) :२०
विराटनगर महानगरपालिका
मेयर
नागेश कोइराला (कांग्रेस) : १०३८
सागर थापा (एमाले) : ७७४
उमेश यादव (स्वतन्त्र) : २७७
उपमेयर
शिल्पा कार्की (एमाले) : ८५३
अमरेन्द्र यादव (जसपा) : ५४४