भरतपुरमा रेणु दाहालको अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता बनाएकी छन्।
शनिबार साँझ ६ः४५ बजेसम्म ३०० मत गणना हुँदा दाहालले ११६ मत पाएकी छन्। उनले पहिलो पटक अग्रता बनाएकी हुन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ११० मत पाएका छन्। सुवेदीले शुरुआति अग्रता लिएका थिए।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ८० मत पाएकी छन्।