धरानमा कांग्रेसका किशोर राईको अग्रता
धरान उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता कायम राखेका छन्।
शनिबार साँझ ५ः३० बजेसम्म एक हजार मत गणना हुँदा राईले ३६९ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २७५ मत पाएका छन् भने नेकपा (एमाले)बाट मेयरकी उम्मेदवार मञ्जु भण्डारीले २०३ मत पाएकी छन्। राप्रपाका उम्मेद्वार नरेश शाक्यले ३७ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेकपा (माओवादी) का अइन्द्रविक्रम बेघाले ३९३ मतसहित अग्रता कायमै राखेका छन्। एमालेबाट उपमेयर उम्मेदवार पदम इस्वोले २२७ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार पूणर्माया राईले ५९ र स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले ५२ मत पाएका छन्।
धरानमा ६२ हजार ८९७ मत खसेको छ। धरामान एक लाख ३२४ मतदाता रहेका थिए।