तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता
काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले १६३८ मतका साथ अग्रता लिएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामेश्वर बोहोराले १३५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।
यस्तै, उपप्रमुखमा कांग्रेसकी सिर्जना बुर्लाकोटीले १५५७ र एमालेकी भवानी डोटेलले १३६२ मत प्राप्त गरेकी छन्। कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो। रासस