तिलोत्तमा नगरपालिकामा गृह मन्त्रीका भाइ पछाडि
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा (एमाले)बाट मेयरका उम्मेदवार मोहन चापागाईँले अग्रता लिएका छन्।
शनिबार साँझ साढे ५ बजेसम्म ३५० मत गणना हुँदा उनले १७३ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका रामकृष्ण खाणले ११० मत पाएका छन्। उनी गृह मन्त्री बालकृष्ण खाणका भाइ हुन्।
जनमुक्ति पार्टीबाट मेयरका उम्मेदवार सुन्दर गुरुङ तेस्रो स्थानमा छन्। उनले ४१ मत पाएका छन्।
यसैगरी, उपमेयरमा नेकपा (माओवादी केन्द्र)का हेमलाल पाण्डेले ५८ मत पाएका छन् भने एमालेकी जनेश्वरदेवी चौधरीले १५४ मत पाएकी छन्।