बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन्।
शनिबार साँझ ५ बजेसम्म एक हजार ४०० मत गणना भएको छ। कांग्रेस उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन्।
त्यस्त, दोस्रो नम्बरमा राप्रका मृगेन्द्र शेरचेन छन्। उनले ३०२ मत प्राप्न गरेका छन्।
बुटवलमा नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराई तेस्रो नम्बरमा छन्। उनले २३९ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने राप्रपाकी भगवती पाण्डेले ३१९, एमालेकी सावित्रा अर्यालको २९४ र गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङले २४३ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का शिवराज सुवेदी मेयरमा निर्वाचित भएका थिए। उनले २३ हजार २४९, नेपाली कांग्रेसका खेलराज पाण्डेयले २० हजार ८५१ र राष्ट्रिय जनमुक्त पार्टीका जनकबहादुर थापा मगरले एक हजार १५१ मत पाएका थिए।