पोखरा महानगरको मतगणना शुुरु
पोखरा महानगरपालिकाको मतगणना शुरु भएको छ।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुका अनुसार दिउँसो साढ ४ बजे मतगणना शुरु भएको हो।
पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिको हल गरेर ६ ठाउँमा गणना गरिने पनेरुले बताए। उनका अनुसार महानगरका वडा नम्बर १, १२ र २२ मतगणना शुरु भएको हो।
शुक्रबार भएको मतदानमा १ लाख ४३ हजार २ सय १३ मत खसेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पनेरुले जानकारी दिए। पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता थिए ।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य राप्रपाबाट शंकर खराल स्वतन्त्र उम्मेदवार गनेस पौडेल सहित पोखरा महानगरमा २३ जनाको उम्मेदवारी परेको छ। उपमेयरमा गठबन्धनबाट कोपिला रानाभाट, एमालेबाट मञ्जुदवी गुरुङ सहित ८ जनाको उम्मेदवारी परेको छ।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का मानबहादुर जिसी मेयरमा निर्वाचित भएका थिए। उनले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ र संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले तीन हजार १७० मत पाएका थिए।