भरतपुरमा रेणु दाहाल १५ मतले पछाडि
भरतपुर महानगरपालिकामा १५० मत गणना हुँदा मेयरकी उम्मेदवार रेणु दाहाल १५ मतले पछाडि छन्।
शनिबार अपराह्न ३ः४५ बजेसम्म १५० मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र) की उम्मेदवार दाहालले ५१ मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन्। उनले कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यसैगरी, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन्।
अहिले वडा नं. १ को मतगणना भइरहेको छ। वडाध्यक्षमा पनि एमालेका शुक्र श्रेष्ठले ६५ र कांग्रेसका केशव महर्जनले ५९ मत पाएका छन्।