‘दुई दिने बिदाले विद्यार्थीको सिकाइ कमजोर हुन्छ’
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) ले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले विद्यार्थीको सिकाइ कमजोर हुने जनाएको छ।
एनप्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले विज्ञप्ति जारी गर्दै दुई दिने बिदा फिर्ता लिन माग गरेका हुन्। कोभिड-१९ महामारीका कारण दुई वर्षदेखि अस्तव्यस्त पठनपाठन लयमा आउन नसक्दै बिदा बढाउन नहुनेमा उनले जोड दिएका छन्।
यस्तो बिदाले गर्दा कार्यदिन र कार्यघण्टा पूरा नहुने र त्यसले विद्यार्थी, अभिभावक र शिक्षकमा अनावश्यक दबाब पैदा गर्ने एनप्याब्सनको निष्कर्ष छ।
सरकारले १ जेठदेखि विद्यालयमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। शुक्रबार भने पूरै दिन पढाइ हुनेछ।