भरतपुरमा एमाले उम्मेदवार सुवेदीको प्रारम्भिक अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले प्रारम्भिक अग्रता लिएका छन्।
अहिलेसम्म गणना भएको एक सय मतमा सुवेदीले ४१ मत पाएका छन्। त्यस्तै, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले ३७ मत पाएकी छन्।
नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो नम्बरमा छन्। उनले आठ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत पाएकी छन्।
२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्। उनले ४३ हजार १२७, नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ र राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए।