हेटौंडा उपमहानगरमा एमालेको अग्रता
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेकपा (एमाले) ले शुरूआती अग्रता लिएको छ।
प्रारम्भिक परिणाम अनुसार, मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ४३, गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मिनाकुमारी लामाले ४१ र राप्रपाका दीपकबहादुर सिंहले २४ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ५२, गठबन्धनका राजेश बानियाँले ५१ र राप्रपाकी इन्दिरा न्यौपानेले ५ मत पाएकी छिन्।
आज बिहान ८ बजेदेखि मतगणना शुरू भएको हो।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का हरिबहादुर महत मेयरमा निर्वाचित भएका थिए। उनले २३ हजार १२४, नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ र राप्रपाका मधुकरप्रसाद अधिकारीले ६ हजार ८५७ मत पाएका थिए।