कागेश्वरी मनोहरामा गठबन्धनलाई एमालेले उछिन्यो
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेकपा (एमाले) ले झिनो मतले अग्रता लिएको छ।
मतगणनाको प्रारम्भिक परिणाम अनुसार एमालेका रामशरण ढुंगानाले २३८ मत प्राप्त गरेका छन्। त्यस्तैमा नेपाली कांग्रेसका उपेन्द्र कार्कीले २३२ र नेकपा (एकीकृत समाजवादी) का कृष्णहरि थापाले ८ मत पाएका छन्।
उपमेयरमा एमालेकी शान्ता थापाले २४०, नेकपा (माओवादी केन्द्र) का भोला चापागाईंले १२६ मत पाएका छन्। एकीकृत समाजवादीकी सरस्वती नेपालले ४ मत पाएकी छन्।
३५ हजार ४९३ मतदाता रहेको यो नगरपालिकामा २६ हजार ९२८ मत खसेको थियो। वडा नम्बर १ बाट मतगणना शुरू गरिएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।