रसुवामा गणना शुरू‚ लाङटाङको मतपेटिका बोकेर ल्याइँदै
रसुवामा गोसाइकुण्ड बाहेक आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना शुरू भएको छ।
गोसाइँकुण्ड-४ लाङटाङ मतदान केन्द्र भौगोलिक रूपमा विकट भएकाले मतपेटिका केन्द्रमा ल्याउन समय लागेको हो। त्यहाँको मतपेटिका बोकेको टोली शनिबार बिहानै धुन्चेतर्फ प्रस्थान गरेको थापाले जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए। लाङटाङको मतपेटिका ल्याएपछि गोसाइँकुण्डको मतगणना शुरू हुनेछ।
यसअघि मतपत्र ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था भए पनि यस पटक गृह मन्त्रालयले मान्छेको नै प्रयोग गर्न परिपत्र गरेको थापाले बताए।