देशभर ६४ प्रतिशत मतदान
स्थानीय तहको निर्वाचनमा देशभर ६४ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी मतदानका विषयमा जानकारी दिएको छ। अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार, ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो। देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए।
देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।