दार्चुलाको तिंकरमा मतदान सकियो
दार्चुलाको व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले तिंकरमा मतदान सकिएको जानकारी दिए।
तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। यहाँ १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए।
यस्तै‚ व्यास–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ। दिउँसोसम्म २०९ ले मतदान गरेका छन्। यहाँ ३७५ जना मतदाता छन्।
यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु र तिंकर पुगेका थिए। यहाँका स्थानीय ६ महीना सदरमुकाम खलङ्गा र ६ महीना छाङ्गरु र तिंकर बस्ने गर्छन्।
छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। त्यसैले, निर्वाचन सामग्री लगायत कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पठाइएको थियो। -रासस