नबिल ब्यांक र पेमेन्ट नेपालबीच साझेदारी
नबिल ब्यांकले मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृत प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ।
यूपीआई अन्तरब्यांक र सीमापारी लेनदेनको सुविधाको लागि भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित रियल-टाइम भुक्तानी प्रणाली हो। यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयलाई भुक्तानी गर्न सहयोग पुग्नेछ।
यस समझदारीमा नबिल ब्यांंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्। यो साझेदारीले नबिल ब्यांंकका मोबाइल ब्यांंकिङ प्रयोगकर्ताले भारतका व्यापारिक स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानी गर्न सक्ने जनाइएको छ।