अदालत चार दिन बन्द हुने
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण वैशाख ३० गतेदेखि लगातार चार दिन अदालत बन्द हुने भएका छन्।
जेठ २ गतेसम्म अदालत बन्द हुने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार, बन्दीप्रत्यक्षीकरणको सुनवाइका लागि जेठ २ गते बिहान ११ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत भने खुला हुनेछ।
जेठ ३ गतेदेखि अदालत नियमित सञ्चालन हुने ढकालले बताए।