तस्वीरमा काठमाडौंका मतदानस्थल
स्थानीय तह निर्वाचनका लागि देशभरका १० हजार ७५६ मतदान स्थलमा आवश्यक तयारी लगभग पूरा भएको छ।
निर्वाचन आयोगका अनुसार ७५३ वटै स्थानीय तहमा मतदान स्थल तयार भएका छन्। मतदाताको सहजताका लागि २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ।
देशभर ३४ हजार ८६६ जनप्रतिनिधि छनोटका लागि ३० वैशाखमा मतदान हुँदै छ। आयोगका अनुसार ३५५ जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्। देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्।
काठमाडौं उपत्यकामा पनि मतदान स्थलमा तयारी चलिरहेको छ। कतिपय मतदान स्थलमा तयारी पूरा भएको छ भने कतिपय मतदान स्थलमा मतदाताको सहजताका लागि व्यवस्थापनको काम भइरहेको छ।