चुनावी प्रचारकै क्रममा नौ उम्मेदवारको मृत्यु
स्थानीय चुनावको प्रचारका क्रममा दुई सातामा नौ जना उम्मेदवारको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार, १४ देखि २७ वैशाखसम्म विभिन्न कारणले नौ जना उम्मेदवारको ज्यान गएको हो। १४ वैशाखमा सुनसरीको हरिनगर गाउँपालिका-६ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार मडुवादेवी चमारको मृत्यु भएको थियो।
त्यस्तै, १६ वैशाखमा रौतटहको वृन्दावन नगरपालिका-५ मा जनता समाजवादी पार्टी (जसपा) बाट महिला सदस्यकी उम्मेदवार मिना देवी, मोरङको केराबारी गाउँपालिका-२ मा कांग्रेसबाट वडा सदस्यका उम्मेदवार नवीन लिम्बू र कपिलवस्तुको बुद्धभूमि नगरपालिका-८ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएको आयोगले जनाएको छ।
१७ वैशाखमा रुपन्देहीको मर्चवारी गाउँपालिका-३ मा एमालेबाट दलित महिला सदस्यकी उम्मेदवार कुसुमी पासिन, २३ वैशाखमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१० मा नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यका उम्मेदवार राजेन्द्र चौधरी थारू र सिराहाको सिराहा नगरपालिका-५ मा एमालेबाट वडा सदस्यका उम्मेदवार मुना शेखको मृत्यु भएको छ।
यसै गरी २७ वैशाखमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपमेयरकी उम्मेदवार शुभावती कुर्मी र दाङको तुलसीपुर नगरपालिका-१७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका र तुलसीपुर-१७ मा नयाँ निर्वाचन कार्यक्रम तय गरिएको छ भने अन्य स्थानमा निर्वाचन कार्यक्रम संशोधन गरिएको आयोगले जनाएको छ।
चुनावी प्रचारका क्रममा मृत्यु भएका उम्मेदवार :