यस्तो छ बदर नमुना मतपत्र
स्थानीय तह निर्वाचन २०७९ मा मताधिकार प्रयोग गर्न पाउँने मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन्।
निर्वाचन आयोगले तोकेको मापदण्ड पूरा नगरी खसालेका मत गणना हुँदैन। २०७४ को स्थानीय चुनावमा ४ प्रतिशतभन्दा बढी मत बदर भए। यसपटक त्यो भन्दा बढी मत बदर हुन सक्ने निर्वाचन विश्लेषकहरूको आकलन छ।
त्यस्तो भए कस्तो मत बदर हुन्छ त?
निर्वाचन आयोगका अनुसार मतपत्र बदर हुने अवस्था:
⇒ सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको।
⇒ औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको।
⇒ मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको।
⇒ उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको।
⇒ उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको।
⇒ कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको।
⇒ निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा-छुट्टै मत सङ्केत गरिएको।
⇒ मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको।
⇒ आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको।
⇒ मतपेटिका भन्दा बाहिर राखिएको।
⇒ जाली मतपत्र।