होण्डाले ल्यायो आकर्षक उपहार योजना
नेपालको लागि होण्डा टू ह्वीलरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ उपहार योजना ल्याएको छ।
सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरीदमा स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ।
यो योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरीद गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट एक-एक जना गरी सातै प्रदेशबाट सात जनाले लक्की ड्र मार्फत आकर्षक सामसङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साथै बम्पर लक्की ड्र मार्फत एक जनाले नगद रु. ७ लाख नगद उपहार पाउनेछन्।
स्याकार ईन्भेस्टमेन्ट मार्फत हुने १ प्रतिशत ईएमआई पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरीद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ। २५ वैशाखदेखि शुरू भएको योजना १७ जेठसम्म लागू हुनेछ।