चुनावका ६४ सामग्री बोकेर मतदानस्थलतिर (तस्वीरहरू)
चुनावका लागि आवश्यक ६४ सामग्री बोकेर कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलतिर लागेका छन्।
स्थानीय तहको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ। यो अवधिमा उम्मेदवार मौन रहन्छन् भने निर्वाचन आयोग मातहतका कर्मचारी र सुरक्षाकर्मी तयारीमा जुट्छन्।
३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। सियो, धागोदेखि मतपेटिकासम्मका सामग्री बोकेर कर्मचार मतदानस्थलतिर लागेका हुन्।
सबै मतदानस्थलमा निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका ६४ सामग्रीको सूची: