तुलसीपुर १७ मा आज मनोनयन‚ जेठ ३ गते निर्वाचन
दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा जेठ ३ गते मात्र निर्वाचन हुने भएको छ। नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि नयाँ निर्वाचन तालिका निर्धारण गरिएको हो।
निर्वाचनका लागि आज मनोनयनको समय तोकिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए। बुधबार बिहान १० देखि दिउँसो १ बजसेम्म मनोनयनको समय निर्धारण गरिएको छ।
आज हुने मनोनयन एमालेको लागि मात्रै हुने उनले बताए। उम्मेदवारलाई भोलि बेलुकासम्म निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ। उक्त वडामा वैशाख ३१ गते १२ बजेसम्म प्रचारप्रसार गर्न पाइने छ।
वडा अध्यक्षको उम्मदवारबारे छलफल भइरहेको नेकपा एमाले तुलसीपर नगरका अध्यक्ष माधव वलीले बताए। बुधवार बिहान १० बजेभित्र उम्मेदवारको नाम टुङ्गो लाग्ने उनको भनाइ छ।