प्रशिक्षक र खेलाडीको विवाद सुल्झाउन छानबिन समिति गठन
अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद सुल्झाउन छानबिन समिति गठन गरेको छ।
एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो।
नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा गठिन छानबिन समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा सदस्य छन्।
समितिले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ।
मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १३ वैशाखमा १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए।उनीहरूको ठाउँमा प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई बोलाएको छ।
उनीहरूले पत्रकार सम्मेलन गरी प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण छोड्न बाध्य पारेको गुनासो गरेका थिए।