सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्ति भएन*
सरकारले नेपाल प्रहरीकाे महानिरीक्षकमा धीरजप्रताप सिंहलाई बढुवा गरे पनि सशस्त्र प्रहरी बलबारे भने कुनै निर्णय गरेको छैन।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सिंहलाई बढुवा गरेको छ। तर, सशस्त्र महानिरीक्षकका विषयमा भने निर्णय नभएको जनाइएकाे छ। सशस्त्र महानिरीक्षक पुष्पराम केसीले पनि भोलिदेखि अनिवार्य अवकाश पाउँदै छन्। उनी गत चैत ३० गते महानिरीक्षक नियुक्त भएका थिए।
सशस्त्र प्रहरीको महानिरीक्षकमा एआईजी राजु अर्याल दाबेदार रहेका छन्। उनी २०५४ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्। प्रदेश २ र उपत्यका बाहिनीको नेतृत्व गरिसकेका उनी अहिले सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत छन्।
सच्याइएको: यसअघि प्रकाशित समाचारकाे शीर्षक अन्यथा भएकाले सखेद सच्याइएको छ। - सम्पादक