जिम्बाबेसँग खेल्न नेपाली क्रिकेट टोली घोषणा
जिम्बाबेसँग हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सन्दीप लामिछानेको नेतृत्वमा एकदिवसीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनील धमला, सुशन भारी र आदिल अन्सारी छन्।
यसअघि टी-२० शृङ्खलाका लागि २३ खेलाडी छनोट गरिएको थियो। त्यसैमध्ये एकदिवसीय क्रिकेटका लागि १६ खेलाडी छनोट भएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र जिम्बाबेबीच तीन एकदिवसीय र तीन टी-२० खेल हुनेछन्।
पहिलो एकदिवसीय खेल वैशाख १७ गते हुनेछ भने दोस्रो खेल वैशाख १९ र तेस्रो खेल वैशाख २१ गते हुनेछ। त्यस्तै, वैशाख २३, २४ र २६ गते तीन वटा टी-२० खेल हुनेछन्।