विपन्नलाई सिलिन्डर दिने सहित यस्ता छन् लोसपाका २० प्रतिबद्धता (पूर्ण पाठ)
स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विपन्नलाई सिलिन्डर र ग्यास चुलो वितरण गर्ने सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार लोसपा अध्यक्ष महन्थ ठाकुर सहित नेताहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा २० प्रतिबद्धता गरिएका छन्।
जसमा विपन्न परिवारलाई ग्यास चुलो र सिलिन्डर वितरण गरिने जनाइएको छ। लोसपाको प्रतिबद्धतामा भनिएको छ, ‘विपन्न वर्गका गृहिणी तथा महिलाहरूलाई ग्यासको चुलो एवं सिलिन्डर वितरण गरिनेछ।’
महिलाको स्वास्थ्य बिमा निःशुल्क गर्ने, प्रसूतिको वेला आमा र बच्चाको हेरचाहका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यससँगै महिलालाई सार्वजनिक यातायातमा निःशुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ।
मधेश प्रदेशलाई हरित प्रदेशका रूपमा परिणत गर्ने, जैविक खेती र विषादीमुक्त कीटनाशक उत्पादन गरेर माटो र पानीको सुरक्षा गर्ने पनि प्रतिबद्धता गरेको छ। विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढीमा आधुनिक क्रिकेट मैदान बनाउने र स्तरोन्नति गर्ने लोसपाको प्रतिबद्धता छ।
लोसपाको चुनावी घोषणापत्र: