उपाय सिटी कार्गोको विराटनगरमा सेवा विस्तार
अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले विराटनगरमा पनि आफ्नो सेवा विस्तार गरेको छ।
काठमाडौं, बुटवल र भैरहवापछि विराटनगरमा सेवा विस्तार गरिएको कम्पनीका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए। कम्पनीले अनलाइन मार्फत ढुवानी सेवा प्रदान गर्दै आएको छ।
ढुवानी सेवा लिन उपाय सिटी कार्गोको एप डाउनलोड गरी विवरण राखेर साइन अप गर्नुपर्नेछ। यस एपमा आबद्ध चालकको फोनमा आफैं म्यासेज जानेछ। त्यसपछि चालकले रिक्वेस्ट स्वीकार गर्न मिल्नेछ।
विराटनगरसँगै इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म सेवा प्रदान गर्न थालिएको विराटनगरका निर्देशक दिवस दाहालले बताए। अहिले २०० चालकलाई यसबारे जानकारी दिइएको जनाइएको छ।
देशभर तीन सय चालक, सात सय संस्थागत सेवाग्राही आबद्ध छन्। व्यक्तिगत रूपमा सेवा लिनेको सङ्ख्या धेरै रहेको कम्पनीले जनाएको छ।