ग्लोबल आईएमई ब्यांकद्वारा भिडियो केवाईसी प्रणाली सञ्चालन
ग्लोबल आईएमई ब्यांक लिमिटेडले भिडियो केवाईसी प्रणाली सञ्चालनमा ल्याएको छ।
यसका लागि ग्लोबल आईएमई ब्यांंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच सम्झौता भएको छ।सम्झौतापत्रमा ग्लोबल आईएमई ब्यांकका नायव महाप्रबन्धक कल्याणविक्रम पाण्डे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन्।
अब ग्लोबल आईएमई ब्यांंकका ग्राहकले अनलाइन भिडियो कल मार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्। ग्राहकको सुविधालाई ध्यानमा राखेर नयाँ योजना ल्याएको ब्यांकले जनाएको छ।
अहिले ब्यांकले ७६ जिल्लाका २८७ शाखा, २५२ एटीएम, २७५ शाखारहित ब्यांकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ।