अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जाँदैनन्
प्रदेश ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट बञ्चित भएको राष्ट्रिय अपाङ्गता महासंघले जनाएको छ ।
महासंघले ३ नम्बरमा अपाङ्गता भएका ९८ हजार व्यक्ति मध्ये ४० प्रतिशत मात्र विद्यालय जाने गरको जनाएको छ ।
उनीहरु विद्यालय जान नपाउनुको कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या भएको महासंघले बताएको छ ।
अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् ।
सरकारले दिने भनेका सेवाहरु नारामा मात्र सिमित रहेको र विभिन्न किसिमका भेदभावका कारण बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको महासंघको आरोप छ ।