३५ हजार जनप्रतिनिधिका लागि ७१ हजार उम्मेदवार
स्थानीय तहका ३५ हजारभन्दा बढी जनप्रतिनिधिका लागि ७१ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
सोमबार साँझ ७ः३० बजेसम्म निर्वाचन आयोगमा आएको विवरण अनुसार, ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
आयोगले उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गतेको समय तोकेको थियो। पहिलो दिन थोरै उम्मेदवारी दर्ता भए पनि दोस्रो दिन भने धेरै जनाले मनोनयन दर्ता गरेका छन्।