घोराहीको मेयरमा शर्मा र उपमेयरमा डाँगीको उम्मेदवारी
घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का हेमराज शर्मा र उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गरेका छन्।
बाजागाजा सहित एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरूले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। मेयरमा उम्मेदवारी दिएका शर्मा माओवादीका केन्द्रीय सदस्य एवं दाङका सहइन्चार्ज हुन्।
त्यस्तै, उपमेयरमा उम्मेदवारी दिएका डाँगी कांग्रेस दाङ क्षेत्र नं. २ का पूर्व सभापति हुन्। उनी २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का नरुलाल चौधरीसँग पराजित भएका थिए।
मेयरको मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले घोराहीलाई सुन्दर र समृद्ध नगरका रूपमा विकास गर्ने योजना रहेको बताए।