मेलम्चीको पानी १० महीनापछि काठमाडौंमा पुनर्वितरण
मेलम्ची खानेपानी आयोजनाको पानी १० महीनापछि काठमाडौंमा पुनर्वितरण गर्न थालिएको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतबार मीनभवनमा मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेका छन्। मीनभवनस्थित वितरण केन्द्रबाट घर घरमा पानी पठाउन शुरू गरिएको हो।
गत असारमा मेलम्ची नदीमा आएको बाढीले खानेपानी आयोजनामा क्षति पुर्याएको थियो। जसले गर्दा काठमाडौंमा वितरण भएको तीन महीनामै बन्द भएको थियो।
अहिले मर्मतसम्भार गरेर खानेपानी आयोजना पुन:सञ्चालन गरिएको हो। अब नियमित रूपमा काठमाडौंमा वितरण हुने आयोजनाले जनाएको छ।