एमालेले पाँच महानगरको उम्मेदवार टुङ्गो लगायो, काठमाडौंमा केशव स्थापित
नेकपा (एमाले) ले काठमाडौं सहित पाँच महानगरपालिकाको मेयरको उम्मेदवार तय गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौंमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै उपमेयरमा सुनीता डंगोलले उम्मेदवारी दिने भएकी छन्।
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार, उपमेयरमा मञ्जली शाक्य, पोखराको मेयरमा दीपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ, भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सरावगी २०७४ को चुनावमा पनि मेयर निर्वाचित भएका थिए।
विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुङ्गो लागिसकेको छैन।
यस्तै, बैठकले उपमहानगरपालिकाहरूको पनि उम्मेदवारको टुङ्गो लगाएको छ। धनगढीको मेयरमा रणबहादुर चन्द, उपमेयरमा कन्दकला राना थारू, नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र, उपमेयरमा शान्तिदेवी ढकाल, तुलसीपुरको मेयरमा टीकाराम खड्का, उपमेयरमा स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी, उपमेयरमा हुमा डिसी र बुटवलको मेयरमा बाबुराम खड्का, उपमेयरमा सावित्रादेवी अर्यालले उम्मेदवारी दिने भएका छन्।
यसै गरी हेटौंडाको मेयरमा अनन्त पौडेल, उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मञ्जु भण्डारी, उपमेयरमा पदम लिम्बू, इटहरीको मेयरमा यमकुमार सुब्बा, उपमेयरमा संगीता चौधरी र कलैयाको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।