पेप्सीको नयाँ प्रचार अभियान
पेप्सीले सद्भावदूत कलाकार प्रदीप खड्काको साथमा नयाँ प्रचार अभियान थालेको छ।
अभियान अन्तर्गत कलाकार खड्काको अभिनयमा नयाँ विज्ञापन सार्वजनिक गरेको छ। यसको पोस्टर र भिडिओ पनि सार्वजनिक गरेको छ।
नयाँ विज्ञापन अहिलेका युवासँग सान्दर्भिक भएको खड्काले बताए। पेप्सीको विज्ञापन भए पनि युवालाई निर्भीक बनाउन बल पुग्ने खालको भएको उनले बताए।
नयाँ विज्ञापन सार्वजनिक गर्दै पेप्सीको नेपाल क्षेत्रका सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरीले नयाँ अभियान सबैलाई मन पर्ने बताए। अहिलेका युवालाई प्रतिविम्बित गरेर विज्ञापन बनाइएको उनको भनाइ छ।