तुलसीपुर र बुटवलको उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार सर्वसम्मत सिफारिश
नेकपा (एकीकृत समाजवादी) ले तुलसीपुर र बुटवल उपमहानगरपालिकाको उपमेयरमा दुई जनाको नाम सर्वसम्मत सिफारिश गरेको छ।
तुलसीपुरको उपमेयरमा जोगबहादुर राना र बुटवलको उपमेयरमा चिनबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको एकीकृत समाजवादी लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले बताए।
सत्तारूढ गठबन्धनबाट तुलसीपुर र बुटवल उपमहानगरमा एकीकृत समाजवादीलाई उपमेयर दिने सहमति भएको थियो। त्यही अनुसार उपमेयरमा मात्रै सिफारिश गरिएको चौधरीले बताए।
तुलसीपुर उपमहानगरको उपमेयर सिफारिश भएका राना एकीकृत समाजवादीका दाङका इन्चार्ज तथा केन्द्रीय सदस्य हुन्। बुटवल उपमहानगरको उपमयेर सिफारिश भएका गुरुङ प्रदेश कमिटीका सदस्य हुन्।